
चैत्र २८ , महामुद्राको अभ्यासमा यदि हामीले योग्य मूलगुरुसँग सम्यक् रूपमा सम्बन्ध स्थापित गर्न सकेका छौँ भने हृदयको गहिराइबाट उहाँसँग प्रार्थना (याचना) गर्नुपर्छ। पूर्ण श्रद्धा र भक्तिका साथ मूलगुरुलाई याचना गर्नुको उद्देश्य के हो? अधिष्ठान (आशीर्वाद) प्राप्त गर्नु। अधिष्ठान प्राप्त हुँदा नै हाम्रो चित्तमा अनुभूति या बोध उदय हुन सक्छ।
— किङ् अफ समाधि (समाधिराज सूत्रमाथि टिप्पणी), पृष्ठ १४० बाट







