
काठमाडौं । नेपाली कांग्रेसले १०० दिने विशेष अभियान माघ १६ गतेसम्म सञ्चालन गर्ने भएको छ।
केही जिल्लाहरूमा १०० दिने विशेष अभियान ढिला सुरू भएकोले माघ १६ गतेसम्म सक्न समय थप गरिएको हो।
कांग्रेसले असोज ७ गते अभियान सुरू गरेको थियो। यो अभियान राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको दिन पुस १६ गते समापन गर्ने तयारी भइरहेका बेला अभियानको समयसीमा बढाइएको हो।
कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी सांगठनिक गतिविधि प्रभावकारी बनाउन असोज ७ गतेदेखि पुस १६ गतेसम्म १०० दिने विशेष अभियान चलाउने निर्णय गरेको थियो।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार गत असोजको बाढीपहिरो र स्थानीय तह उपचुनावका कारण विभिन्न जिल्लामा अभियान समयमै सुरू हुन सकेको थिएन। ती जिल्लाहरूले सहिद दिवसका दिन १६ माघ २०८१ समापन गर्ने गरी अभियानको समयावधि थप गरिएको हो ।




