
काठमाडौ ।ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी आज नेपाल आँउदै छन् ।
विदेशमन्त्री बुसैदी परराष्ट्रमन्त्री आरजु देउवा राणाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् । दुई देशका विदेशमन्त्रीबीच दुई देशको आपसी हितबारे छलफल हुने बताइएको छ ।








