काठमाडौं । पवन आलोक नियात्रा पुरस्कार’ नियात्राकार तेजप्रकाश श्रेष्ठलाई प्रदान गरियो।
श्रेष्ठलाई यो पुरस्कार उहाँको नियात्रा कृति ‘ग्वंगचुलीको हिउँ’का लागि प्रदान गरिएको हो।
काठमाडौँमा आज आयोजित कार्यक्रममा प्रसिद्ध कवि एवं नियात्राकार मञ्जुलले दोसल्ला ,माला,प्रमाणपत्र ,नगद राशी २५ हजार सहितसहित श्रेष्ठलाई सम्मान गरेका थिए ।

यो पुरस्कार प्रसिद्ध नियात्राकार पवन आलोककी जीवनसङ्गीनी रेखा कँडेलले स्थापना गरेकी हुन् ।
प्रमुख अतिथि चर्चित कवि एवं नियात्राकार मञ्जुलले पुरस्कृत व्यक्तित्वलाई बधाई दिंदै मन्तव्य राखेका थिए ।
श्री ओम श्रेष्ठ ‘रोदन’ र प्रतीक ढकालले पुरस्कार र नियात्रा समाजबारे बोले ।
नियात्राकार डा .दामोदर पुडासैनी किशोरले पुरस्कृत लेखकबारे बोलेका थिए।

पुरस्कारकी संस्थापक रेखा कँडेलको लिखित मन्तव्य भवानी खतिवडाले सुनाएको उक्त कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष मोहन चापागाईले गरेका थिए ।उक्त कार्यक्रमको सञ्चालन भवानी खतिवडा र नियात्रा समाजका सदस्य भीष्म उप्रेतीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।