
काठमाडौं।गृहमन्त्री ओमप्रकाश अर्यालसँग विभिन्न देशका राजदूतहरूले भेट गरेका छन् ।
बिहीबार मन्त्रालयमा युरोपियन युनियन, फ्रान्स, जर्मनी, फिनल्यान्ड र स्वीट्जरल्यान्डका राजदूतहरूले गृहमन्त्री अर्यालसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
नेपालको पछिल्लो अवस्था, समसामयिक विषय र नेपाललाई गर्ने सहयोगका बारेमा छलफल भएको बताइएको छ ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा नेपालको हित र समृद्धिबारे छलफल भएको बताइएको छ ।



