काठमाडौं । साहित्यिक पत्रकार संघले आज उपन्यासकार केनी पाण्डे (हरिनाथ पाण्डे)को पेम्बाको स्वर्ग उपन्यासको लोकार्पण कार्यक्रमको आयोजना गर्यो ।
प्रज्ञा भवन, कमलादी, काठमाडौंमा आयोजना गरिएको सो कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ सर्जक एवं चलचित्र निर्देशक यादव खरेलले सो कृतिको लोकार्पण गर्नु भएको हो।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा पूर्व राजदूत सुरेन्द्रबहादुर श्रेष्ठ, पूर्व सचिव द्वारिका ढुङेल, बेल्जियमका वाणिज्यदूत आङ् छिरिङ, प्रो.प्रचण्ड प्रधान, इतिहासविद् प्राडा.सुरेन्द्र के. सी।लगायतले शुभकाम
ना मन्तव्य राख्नु भएको थियो ।यसैगरी लोकार्पित कृतिबारे कृतिका अनुवाद धीर भण्डारी र समालोचक डा. शान्तिमाया गिरीले कृतिबारे समीक्षा गर्नु भएको थियो ।
कार्यक्रममा अनेसासका नवनिर्वाचित केन्द्रीय सदस्य सुमन घिमिरेलाई बधाई ज्ञापन पनि गरिएको थियो ।
कार्यक्रम संचालनको संचालन टेलिभिजन पत्रकार जीवराम भण्डारीले गर्नु भएको थियो ।
स्मरणीय छ यो कृति इत्ज्भ्च् क्क्ष्म्भ् इँ एब्च्ब्म्क्ष्क्भ् को नेपाली अनुवाद हो ।