काठमाडौं । दक्षिणी गाजामा विस्थापितहरुको अस्थायी शिविरमा इजरायलले आक्रमण गर्दा २९ जनाको मृत्यु भएको छ ।
इजरायलले भने आफ्नो आक्रमण विस्थापित भएकाहरुमाथि लक्षित नभई हमासका लडाकुहरुप्रति लक्षित रहेको जनाएको छ । शरणार्थी शिविरमा आक्रमण भएको भए त्यसको जाँच गर्ने इजरायलले जनाएको छ । । यो आक्रमणमा परेको शिविर युद्धबाट विस्थापित भएकाहरुको अस्थायी शिविर भएको बताइएको छ । ।