काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्दै छन् ।
लामिछानेले भारत भ्रमणको तेस्रो दिन भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्न लागेका हुन् ।
यसअघि मंगलबार रविले भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनसँग भेटवार्ता गरेका थिए । भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा रवि र नीतिनबीच भेटवार्ता भएको थियो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्दै छन् ।
लामिछानेले भारत भ्रमणको तेस्रो दिन भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्न लागेका हुन् ।
यसअघि मंगलबार रविले भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनसँग भेटवार्ता गरेका थिए । भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा रवि र नीतिनबीच भेटवार्ता भएको थियो । भेटमा रवि र नवीनबीच राजनीतिमा जेनजीको बढ्दो भूमिका र सम्भावना, लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस र भविष्यको नेतृत्वलाई आकार दिने बारेमा छलफल भएको थियो ।
रविलाई भाजपाले रेड कार्पेटसहित भव्य स्वागत गरेको थियो ।
पाँच दिने भ्रमणका लागि लामिछानेसहित उनकी श्रीमती निकिता पौडेल, सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपक बोहोरा र अविनाश आचार्य (प्रदीप) सोमबार भारत पुगेका थिए ।