
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री तीर्थराम डंगोलको निधन भएको छ ।
७७ वर्षको उमेरमा गएराति उनको निधन भएको कांग्रेस नेता भीमसेनदास प्रधानले जानकारी दिए ।
विसं। २००४ सालमा जन्मिएका डंगोल लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए । ०४३ मा काठमाडौंको उपमेयर भएका उनी कांग्रेस काठमाडौं जिल्ला सभापति भएका थिए ।
०५६ मा पहिलोपटक सांसद भएका डंगोललाई कांग्रेसले समानुपातिकबाट सभासद् बनाएको थियो । डंगोल राज्यमन्त्री समेत बनेका थिए ।
डंगोलको पार्थीव शरीर अन्तिम श्रद्धान्जलीका लागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने र २ वजे दाहासंस्कार गरिने कांग्रेस नेता प्रधानले जानकारी दिए ।








