काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी, पूर्वपदाधिकारी, नेता शेखर कोइराला, संघीय सरकारका चार-पाँच जना मन्त्रीसहितको बैठक बोलाएका छन्।
संसदमा रहेका विभिन्न विधेयक, सरकारका कामकारबाही, समसामयिक राजनीतिक घटनाक्रम लगायत विषयमा छलफल गर्न सभापति देउवाले बैठक राखेको बताइएको छ ।
बूढानीलकण्ठस्थित निवासमा शुक्रबार बिहान ९ बजे बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।