पनौती,काभ्रे। जनमैत्री वचत तथा ऋण सहकारी संस्था लि.ले हिमालयन लिकी फाउण्डेसनसँगको सहकार्यमा सञ्चालित महिला सशक्तिकरण कार्यक्रमको समीक्षा गरेको छ ।
हिमालयन लिकी फाउण्डेसनसंगको सहकार्यमा सञ्चालित महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत २१ वटा समुहका प्रतिनिधीहरू बिच बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी आइतबार मानेदोभान स्थित श्री भालचन्द्र मा.बि. को हलमा सम्पन्न गरेको हो ।
हिमालयन लिकी फाउण्डेसनका नेपाल प्रमुख पदम बहादुर तामाङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता साकोसका उपाध्यक्ष रामचन्द्र सापकोटाले गरेका थिए ।

२२ वटा विभिन्न महिला समुहका अध्यक्ष तथा सचिव गरी ४४ जनाको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा साझेदारीमा सञ्चालित तरकारी खेती तथा समूहगत कार्यक्रमको वार्षिक समीक्षा र आगामी वर्षको लागि योजना तर्जुमा प्रस्तुत गरिएको थियो ।साकोसका प्रमुख व्यवस्थापक वेदप्रसाद सापकोटाले उक्त प्रस्तुतिकरण गरेका थिए ।
सचिव श्यामहरी सापकोटाले सञ्चालन गरेको उक्त कार्यक्रममा फाउण्डेसनका प्रतिनिधि केशव श्रेष्ठ,साकोसका सम्पूर्ण कर्मचारी समेतको उपस्थिति थियो ।
स्मरणीय छ हिमालयन रिकी फाउण्डेसनसँगको साझेदारीमा केही वर्षदेखि जनमैत्री साकोसले महिला शसक्तिकरण कार्यक्रम अन्तर्गत विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ ।