
काठमाडौं । काठमाडौं चारुमती विहार ( चा: वही ) मा यहि चैत्र २३ गते शनिवार चैत्रशुक्ल अष्टमिका दिन भारतवर्षका चक्रवती मौर्य सम्राट अशोक महानको २३२९ औ जन्म जयन्तीअबसरमा बिभिन्न कार्यक्रमहरु गरी चारुमती विहारमा मनाईयो।
उक्त दिन बौद्धशिक्षालाई विश्वमा फैलाउन अद्वितीय योगदान गर्नु हुने चक्रवती मौर्य सम्राट् अशोकमहानको गुनानुस्मृती गर्दै वहाँ प्रति श्रद्धा र आभारसहित चैत्र शुक्ल अष्टामीलाई अशोक अष्टमी भनि भारतमा मनाइने चारुमती विहार गुथि बिहारका सद्स्य परमानन्द शाक्यले ई खबर नेट लाई जानकारी गराउनु भयो ।
सम्राट अशोकको सुपुत्री चारुमतीको बिबाह राजा देवपाल सँग भएको थियो ।देवपाल राजा को नामबाटेै पशुपति (ग्वल) छेत्र लाई देव पत्तन राज्य भन्दै आइरहेको छ ।
सोही समयमा चारुमतीको नाम बाट चारुमती विहार र चारुमती स्तुप स्थापना भएको हो । थाकुलि पूर्णविर शाक्यको सभापतित्वमा भएको कार्यक्रमा साना भाइबहिनीहरुले बाँसुरिमा मङ्गलधुन बजाएर सुरु भएको थियो ।कार्यक्रम गुथियार परमानन्द शाक्यले संयोजन गर्नु भएको थियो ।






