इलाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले) इलामको अध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित भएका छन्।
आज बिहान सम्पन्न पार्टीको ११औँ अधिवेशनबाट प्रतिस्पर्धी नरेन्द्रनाथ भट्टराईलाई एक सय ८६ मतान्तरले हराउँदै बराल अध्यक्षमा निर्वाचित भएका हुन्। बरालले ३८१ मत प्राप्त गर्दा भट्टराईले एक सय ९५ मत मात्र प्राप्त गरे।
उपाध्यक्षमा २५० मतका साथ उदयबहादुर राई निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी उमेश गुरुङले एक सय ८४ र बुद्धिप्रसाद खनालले १३७ मत मात्र प्राप्त गरे।
सचिवमा रामप्रसाद सुवेदी (रविन्द्र )निर्वाचित भए। उनले प्रतिस्पर्धी प्रकाश अधिकारीलाई २४ मतान्तरले पराजित गरे। सुवेदीले २९२ मत पाउँदा अधिकारीले २६८ मत प्राप्त गरे।
यसैगरी उपसचिवको खुला तर्फ रमेश राई,,महिला उपसचिव दिलकुमारी लिम्बु लगायत निर्वाचित भए ।
पाँच सय ८७ प्रतिनिधि सहभागि जिल्ला अधिवेशनमा सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन भएको हो ।