काठमाडौं।गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ।
बाँकेमा सहसचिव धर्मराज जोशी, रौतहटमा विनोदकुमार खड्का, संखुवासभामा दिव्यराज पोखरेल, खोटाङमा नरहरि घिमिरेलाई प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएको छ ।
यसैगरी ओखलढुंगामा विजयराज सुवेदी र नुवाकोटमा शशीघर घिमिरेलाई प्रमुख जिल्ला अधिकारी बनाइएको हो।
यस्तै सहसचिव रामकृष्ण अधिकारीलाई गृह मन्त्रालयमा पदस्थापना गर्ने गृहमन्त्रालयले निर्णयगरेको छ ।