
खोटाङ। खोटाङको हलेसी बजारमा आइतबार साँझ ७ बजेतिर आगलागी भयो ।
हलेसी दुवाचुङ नगरपालिका–७, हलेसीबजारमा आगलागी हुँदा स्थानीय पदम राईको घर जलेर पूर्ण रूपमा क्षति भयो ।
हार्डवेयरसँगै ग्यास पसल राखेका पदमको घरबाट सुरु भएको आगो ले अन्य घरमा समेत क्षति गरेको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिए ।
आगलागीबाट दुईवटा घरमा पूर्णरूपमा क्षति भएको र एउटा घरमा आंशिक क्षति पुगेको छ । पानी अभाव भएका कारण आगो निभाउन ढिलाइ भएको उनको भनाइ थियो ।
आगलागीबाट स्थानीय ऐराख राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ ।
गलागी नियन्त्रणका लागि जिल्लास्थित तीनवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका साथै स्थानीय जुटेका थिए । आगो बेलुका करिब साढे १० बजे नियन्त्रणमा आएको प्रहरी निरीक्षक राईले जानकारी दिए ।








