
दोलालघाट,काभ्रे। नेकपा एमाले,भुम्लु गाउँपालिका वडा नं. १० को दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
बागमती प्रदेश कमिटी सचिवालय सदस्य कुमार तिमल्सिनाको प्रमुख आतिथ्यतामा उक्त अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले यज्ञ बहादुर बुढाथोकी अध्यक्ष रहेको ११ सदस्यीय वडा कमिटीको चयन गरेको छ ।
अधिवेशनले पालिका कमिटीको अधिवेशनको लागि प्रतिनिधीहरु समेत चयन गरेको बताइएको छ।
