काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा शुक्रबार भएको बम विस्फोटमा परी तीन विद्यालयका बालबालिका र एक प्रहरीसहित चारजनाको मृत्यु भएको छ । अन्य १५ जना घाइते भएका छन् ।
यो घटना प्रान्तको मस्तुङ जिल्लामा भएको हो । जहाँ प्रहरीको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको थियो । प्रहरी र विद्यालयका बालबालिका समेत घाइते भएकाहरूलाई नजिकैको अस्पतालमा लगिएको छ ।
कसैले पनि हालसम्म जिम्मेवारी नलिएको उक्त आक्रमणबाट प्रहरीको गाडी र स्कुल भ्यानलगायत धेरै सवारीसाधनमा क्षति पुगेको छ ।