धूलिखेल । गृह मन्त्रालयले विपद् अध्ययन, जोखिम न्यूनीकरण तथा पुर्नलाभका लागि विपद प्रभावित जिल्लाहरुमा कार्यदल गठन गरी असोज २१ गतेसम्म भएको क्षति र विपद पछिको अवस्थाका बारेमा प्रतिवेदन पेश गर्न काभ्रेपलाञ्चोक जिल्लाकोलागि सह सचिव बासुदेव घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरेको खबर छ ।
प्रमुख जिल्ला अधिकारी उमेश ढकालको अध्यक्षतामा बसेको उक्त कार्यदलको बैठकमा बोल्दै पूर्वमन्त्री माननीय गोकुल बास्कोटाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट काभ्रेजिल्लाको निम्ति आएको उद्धार तथा राहत र सहयोग सामाग्रीहरु विपद प्रभावित सर्वसाधारणका लागि वितरण गर्दा स्थानीय तहबाट एकद्धार प्रणाली अपनाई वितरण गर्न निर्दशन दिए । उनले यसमा लचिलो नहुन र कडाइका साथ पालना गर्न तथा पालना भए नभएको पनि अनुगमन गर्न समेत निर्देशन गरे । माननीय बास्कोटाले विपद् परेकाको खोज तथा उद्दारमा तदारुकता देखाउने सबैलाई धन्यवाद दिँदै बाँकी कार्यमा पनि सघाउन सबैलाई आब्हान गरे । उनले बाढी र पहिरोले पुर्याएको क्षतिमा राज्य भएको अनुभुति दिलाउने गरी सरकारले काम गर्ने बताए ।
उनले भने ‘मेरो तर्फबाट राहत जुटाउने कार्य हुन्छ । राहतलाई ब्यक्तिगत रुपमा नभई विपद कोष मार्फत जिल्लाका सबै क्षेत्रमा पुर्र्याउने गरी हस्तान्तरण गर्न विपद ब्यवस्थापन समितिलाई निर्दैश गर्छु ।’कामलाई अझै प्रभावकारी बनाउन उनले निर्देशन दिँदै बास्कोटाले खाद्यान्न, औषधी लगायतका क्षेत्रमा ध्यान दिन प्रमुख जिल्ला अधिकारी सहितको ध्यानाकर्षण गराए ।
प्रभावित क्षेत्रका सरोकारवाला कार्यालयहरु विद्युत्त, खानेपानी, संचार, कृषि, शिक्षा, पूर्वाधार, पशु सेवा, सिंचाई, स्थानीय तहका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरु लगायत कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु सहभागि भएको बैठकमा बोल्दै बास्कोटाले विपद्मा पार्टीको झन्डा बोकेर स्टन्ट नगर्ने बताउँदै प्राप्त सबै सहयोगलाई स्थानीय तहमा हस्तान्तरणका लागि अनुरोध गर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जिल्लामा भएको विपदको बास्तविक तथ्यांक संकलन गर्ने कार्य प्रारम्भ भएको बताए ।
कार्यदलले कार्य शुरु गरिसकेको संयोजक सह सचिव घिमिरेले जानकारी दिए ।
कार्यदलमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सिडिई, शहरी विकास मन्त्रालयका सिडिई, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप सचिव, नेपाल प्रहरीका जिल्ला प्रमुख प्रनाउ प्रतिनिधि रहेको बताइएको छ ।