
काठमाडौँ।चर्चित निबन्धकार शङ्कर लामिछानेको ९८ औँ जन्मजयन्तीका अवसरमा चैत ५ गते ‘शङ्कर चर्चा’ कार्यक्रम गरिएको छ।
कार्यक्रममा शङ्कर लामिछानेको तस्बिरमा माल्यार्पण गरी दीप प्रज्ज्वलन गरिएको थियो।
शङ्कर लामिछाने प्रतिष्ठानद्वारा राजधानीमामा आयोजना गरिएको कार्यक्रममा शङ्कर लामिछानेका निबन्ध, कथा र अन्य विधामाथि गहन चर्चा गरिएको हो।
प्रतिष्ठानकी संरक्षक लामिछानेकी बहिनी सविता ढुङ्गानाको सभापतित्वमा भएको कार्यक्रममा लामिछानेकी अर्की बहिनी सङ्गीता शर्माको पनि उपस्थिति रहेको थियोे।
इतिहासविद् प्रा.डा.सुरेन्द्र केसी, प्रा.डा.गोविन्दमानसिंह कार्की, शङ्कर लामिछाने निबन्ध पुरस्कारबाट सम्मानित भइसकेका निबन्धकारहरू पवन आलोक, श्रीओम श्रेष्ठ’रोदन’, ज्ञानेन्द्र विवश, आख्यानकार भागिरथी श्रेष्ठ, युवा निबन्धकार श्रीबाबु कार्की, जरामा अर्थ खोज्ने कलाकार तथा साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठ लगायतले शङ्कर लामिछानेको कृतित्व तथा व्यक्तित्वमाथि संक्षेपमा प्रकाश पारेका थिए।
प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीद्वारा सञ्चालित कार्यक्रममा उनले चैत महिनाको नवरात्रीको पहिलो दिन आज चर्चित निबन्धकारको ९८ औँ जन्मजयन्ती परेको प्रसङ्ग उल्लेख गर्दै माघ १० गते स्मृति दिवस र चैत ५ गते जन्मजयन्ती मनाउने गरिएको बताए। लामिछानेका दुई बहिनीहरूबाट हाल २५ लाखको अक्षयकोष स्थापना गरी शङ्कर लामिछाने पुरस्कार राखिएको बताए।
सभाका सभापति प्रतिष्ठानकी संरक्षक सविता ढुङ्गानाले आफ्ना दाजु शङ्कर लामिछानेको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी थिइन्।
कार्यक्रममा प्रतिष्ठानकी कोषाध्यक्ष कवि तथा गायिका पद्मावती सिंहले धन्यवाद ज्ञापन गरेकी थिइन्।
कार्यक्रममा शङ्कर लामिछानेको तस्बिरमा माल्यार्पण गरी दीप प्रज्ज्वलन गरिएको थियो।



