
हेटौडा । माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिंदै सरकारबाट बाहिरिएको छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सोमबार एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियासहित पाँच जना मन्त्रीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर समर्थन फिर्तासहित संयुक्त राजीनामा बुझाएका छन् ।
यसरी राजिनामा बुझाउनेमा आर्थिक मामिला मन्त्री थपलियासहित उघोग, वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ ,वन तथा वातावरणमन्त्री केशव पोखरेल, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र जलश्रोत,उर्जा तथा खानेपानी मन्त्री एकालाल श्रेष्ठ रहेका छन् ।




