काठमाडौं । प्रतिनिधि सभा बैठकमा विहिबार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुँदैछ ।
आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ ले गरेको कानूनी ब्यवस्था बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुन लागेको हो ।