
काठमाडौँ । एभरेष्ट स्कुलले तेश्रो निस्ट कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा शुक्रबार जित हात पारेको छ । एभरेष्टले बालवाटिकालाई २२–११ ले पराजित ग¥यो ।
सिनियर ब्वाइजमै तपोभूमिले जोन डेवीलाई २४–१८ तथा राजश्री गुरुकुलले काठमाडौं प्रज्ञाकुञ्जलाई ३२–१२ ले हराए ।
सिनियर गल्र्समा मल्पी इन्टरनेसनलले तपोभूमिलाई ३७–२ ले पाखा लगायो । जुनियर गल्र्समा चेल्सीले ओम ज्ञान मन्दिरलाई २०–१२ तथा आर्या एकेडेमीले एभरेष्टलाई २८–१८ ले पन्छाए ।
लोकन्थलीस्थित भक्तपुर निस्ट स्कुलमा भइरहेको जुनियर ब्वाइज फुटबलमा नालान्दाले जेम्सलाई ५–०, निस्टले हाइली क्रिएटिभलाई ३–०, मल्पीले काठमाडौं वल्र्ड स्कुललाई २–० र गोल्डेन सुनगाभाले काठमाडौं प्रज्ञाकुन्जलाई २–० गोलअन्तरले पराजित गरे । आर्या र जनप्रेमी वल्र्ड स्कुलले १–१ गोलको बराबरी खेले ।





