कविता
त्यो तिम्रो शहरमा
प्रनिशा थापा
एक मुट्ठीई सासको लागि मार्न तयार त्यो तिम्रो शहरमा
कसरी बाँच्न सक्छु र म खुल्ला प्रकृतिमा रम्ने प्राणी
शीतल शान्त छहारीमा स्वच्छ हवामा राम्दै विश्राम गर्ने शरीर पनि
त्यो शहरको उकुसमुकुस हावाले जीवनबाटै विश्राम चाहन्छ
लोक लय र भाकामा नाच्ने गाउने संस्कृति भएको मान्छे
पश्चिमी कला संस्कृति भित्र्याएर मौलिकता भुल्दै छन्
मानवता हराएको तिम्रो त्यो शहर
जहाँ मानवता नभएको दानवको मात्रै बास छ
रोदी र मारुनी छोडी डिस्को र बारमा रात बित्छ
हप्तै पिच्छे नयाँ नयाँ शरीरसँग त्यो मूल्य साटिन्छ
त्यो तिम्रो सहरमा रूप हेरेर शरीरको मूल्य लगाइन्छ
अबोध प्राणीको पीडा समेत सहन गर्न नसक्नेहरू
मानिसकै दुस्ख समेत नदेख्ने दृष्टिबिहिन भएका छन्
हेपेर मजाक उडाउँछन् कसैलाई दुस्खी देख्यो भने
त्यो तिम्रो शहरमा करुणा पनि हराएको छ
दया र करुणा मात्रै होइन बुद्धि र विवेक पनि हराएको छ
कसैलाई रहरले त कसैलाई बाध्यताले नङ्ग्याएको छ
कोहीको खुला आकाश र सडकको शय्यामा विवश शयन छ
त कोहीको आलिशान महलमा शानदार शय्यामा चैन छ
त्यो निस्शुल्क श्वास को निमित्त बहुमूल्य रकम तिर्नु पर्छ
त्यो तिम्रो सहरमा
दक्षिणकाली-२, काठमाडौँ