काठमाडौं ।उपसमितिले प्रतिवेदन पेश गरेपछि संसद्को सार्वजनिक लेखा समितिले आइतबारका लागि बैठक डाक्यो । बैठकको मुख्य एजेण्डा थियो, ‘पोखरा विमानस्थल निर्माणबारे अध्ययन गर्न गठन भएको उपसमितिको प्रतिवेदनमाथि छलफल ।’
बैठक शुरु भएपछि संसद् सचिवालयका कर्मचारीहरूले सबै सदस्यलाई प्रतिवेदन बाँडे । लेखा समितिका सभापति ऋषिकेश पोखरेलले छलफलको शुरुवात गरे । शुरुमै उपसमितिका समेत सदस्य रहेका सांसद प्रेम आलेले भने, ‘उपसमितिको प्रतिवेदनको निष्कर्ष सुन्न पाए हुने ।’
मिति सभापति ऋषिकेश पोखरेलले भने, ‘अब समितिले नै छलफल गरी प्रतिवेदनमा निष्कर्ष निकाल्नेछ ।’
राजेन्द्र लिङ्देनले प्रतिवेदनमाथि समितिकै सदस्यहरूले गलत प्रचार गरेको भन्दै आपत्ति जनाए । उनले भने, ‘कतिपय माननीय सदस्यहरूले प्रतिवेदनको प्रतिकुलतामा बोल्नुभयो । त्यसमा मेरो आपत्ति छ । यसलाई लेखा समितिको साझा सम्पत्तिको रूपमा ल्याऔं ।’
ष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले मस्यौदाले मान्यता नपाएको अवस्थामा प्रतिवेदन छ्यापछ्याप्ती बजारमा आएको भन्दै आपत्ति जनाए ।
जवाफमा आफ्नो तर्फबाट बाहिर लैजाने काम नभएको लिंगदेनले बताए।
सांसद अर्जुननरसिंह केसीले पोखराको विषय अलि गम्भीर खालको भ्रष्टाचार र अनियमितता रहेको भन्दै सबैलाई खुला छलफलका लागि आग्रह गरे ।
सांसद आलेले प्रतिवेदनमा भएका विवरणहरू फेहरिस्त बनाएर प्रस्तुत गर्न थाले । उनले पोखरा विमानस्थल निर्माणका क्रममा माटो खन्ने, माटो भर्ने अनि विमानस्थल टर्मिनलमा एसी खरिद लगायत सबैमा बदमासी भएको भन्दै आक्रोश पोखे ।
योगेश भट्टराईले भैरहवाको उपसमितिमा म बस्दिनँ । प्रतिवेदन अन्तिम चरणमा छ । अर्को समितिमा पनि यस्तै प्रश्न छन् । हामी २५ जनामध्ये धेरैजसो सरकारमा बसेका छौं । यहाँ अमरेश सिंह बाहेक सबै बस्न मिल्दैन भने ।
सांसद गोकुल बास्कोटाले बैठकको तौरतरिकामै प्रश्न उठाए ।उनले अगाडि भने-‘लेखा समितिको बैठक बैठकजस्तो हुन छाडेको छ । उही समयमा एउटाले प्रतिवेदन बुझाएपछि अर्कोले संयोजक फेर्न खोज्नुभएको छ,’ उनले थपे, ‘कानुनले योगेश भट्टराईलाई अयोग्य भनेको छ ? कतातिर रोटी सेक्न खोजेको हो ?’