
गजल
रुबिना राना
खुकुरीको अगाडि यसरी अचानो बनेर
बस्नु पर्ने नै रैछ आखिर सानो बनेर
तिम्रै बारे केही कुरा बताएर गयो आज
आएको थियो कोही फलानो बनेर
रुन नपरोस् तिमीलाई मेरो कारणले
बस्छु अब तिम्रो आखामा ओभानो बनेर
हुरी झरीबाट जोगाउछु भनि आफैलाई
म उभिएको छु आफै आज छानो बनेर
मैले दुःखको सिरेटोलाई वेवास्ता गरिदिए
तिमी आएपछि जिन्दगीमा न्यानो बनेर
मैले पो बिर्सिएको रैछु आफ्नै सपनालाई
उसले त पर्खिरहेको रैछ आखिर बिरानो बनेर
महालक्ष्मी,ललितपूर







