काठमाडौ । विश्व खेलकुदको सबैभन्दा ठूलो प्रतिस्पर्धा मानिएको ओलम्पिक खेलको ३३औं संस्करण फ्रान्सको पेरिसमा आगामी शुक्रबारदेखि औपचारिक रूपमा सुरु हुँदैछ।
यसपटकको पेरिस ओलम्पिकमा २०६ देशका १० हजार ७ सय खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। ३२ खेलको ३२९ विधामा २०६ देशका १० हजार ७ सय खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।
टेबलटेनिसका स्यान्टू श्रेष्ठ,ब्याडमिन्टनमा प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल, पौडी खेलाडीद्वय अलेक्जेन्डर शाह र डुवाना लामा, जुडोकी मनिता प्रधान श्रेष्ठ र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ गरी सातजना खेलाडीले ओलम्पिकमा प्रतिष्पर्धा गर्दैछन् । खेलाडीहरू ओलम्पिकका लागि पेरिसतर्फ प्रस्थान गरिसकेका छन्। इ खबर नेटको तर्फबाट सबै खेलाडीहरुलाई शुभकामना ।