
कविता
शुरेस कार्की निसाद
अन्तिम ट्रेन
घडीमा रात्रीको ठ्याक्कै
बार्ह बज्न लगेको छ
म कुद्दैछु भेटाउन
यो सहरको अन्तिम ट्रेन
भरिभराउ छ ट्रेन आज पनि
बोकेर जिउदा मुर्दाहरु
हेर्दैछु यता उता
सुस्ताउदै छन कोहि
कोहि हाल्दैछन लामो सुस्केरा
यौवनले मैमत्त जोडी
ओठमा ओठमा जोड्दै छन
कोहि दुनियाँको प्रवाह नगरी लठ्ठ छन
कोहि मदिराको नसामा
कोहि थकित छन
दिनभरको ब्यस्तताले
पुग्नु छ सबैलाई गन्तव्य
पूरा गर्नु छ एक प्रहर निन्द्रा
पूरा गर्नु छ
स्वागत गर्नु छ भोलीको सुनौलो बिहानको







