
भ्यालेन्टाइन्स विशेष मुक्तकहरु
पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
१)
नहुने कुरा गर्दिन न तारा न जून दिनु
मैले मेरो मनको देवी ,मन्दिरमा के धुप दिनु
मैले दिएँ तिमीलाई यो सिङ्गो शरीर आज उपहार
तिमी स्वंय रातो गुलाफ अरु के फूल दिनु मैले!
२)
दिन्छु भनेर धेरै थोर दिइन्न बारम्बार केही
चाहिन्छ बाँच्नलाई माया प्रेमको आधार केही
हामी दुई जिन्दगीको एउटै रथका पाङ्ग्रा हौं
सफल बनोस जीवन चाहिन्न उपहार केही!
३)
सताउनेछु बाँचुन्जेल तारन्तार तिमीलाई
दिन सकिन मैले हिराको हार तिमीलाई
रातो गुलाफ प्रेमको प्रतिक राखेर साक्षी
दिन्छु भ्यालेन्टाइन विशेष प्यार तिमीलाई !
काभ्रे ,कुशादेवी!






