साताका मुक्तक
पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
१)
नगर्नु बारम्बार अरुको भरोसा र आस
नबन्नु बेइमानी सके बन्नु सबैको खास
फेरि यो दुनियाँको मुखमा झुण्डिएला
सफल भए प्रगति नभए जिउँदो लास!
२)
बाँच्नुपर्छ जहिल्यै पनि अरुकै रीसमा
खेतबारीमा जानू छ बिहानी झिमिसमा
यति कुरा विचार गर्नु किसान दाजुभाइ
फरकता छ ज्यादै नै औषधी र बिषमा!
३) लाली छर्यो बिहानीले फूल फुलायो पाखैमा
सुवास लिई आउने को हुन बसिन् काखैमा
म मात्रै मख्ख परे भनेको होइन रहेछ साथी
दुनियाँलाई मन्त्र मुग्ध पारी बस्यौं आँखैमा
४) भोको पेटले म छु भन्दा आँटो बोल्नुपर्छ
आँटो भन्दा पहिले बारीको पाटो बोल्नुपर्छ
देशलाई कतै दुख्यो भने कान खोलि सुन्नु
अरु बोलेर केही हुँदैन् माटो बोल्नुपर्छ!
पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती न.पा.-३,काभ्रे