काठमाडौं ।राष्ट्रिय जनसाहित्यिक संघ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको अविरल जनसाहित्य यात्रा’को ९७ औँ श्रृँखलामा साहित्य सिर्जना,राजनैतिक संघ संगंठन एवम् शैक्षिक संस्थामा नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका काभ्रेका सशक्त प्रगतिवादी स्रष्टा रक्तिम लामाका एक दर्जन कविता गुञ्जिए ।
राष्ट्रिय जनसांस्कृतिक महासंघका अध्यक्ष प्रेमनाथ अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक संघ नेपालकी अध्यक्ष नर्मदेश्वरी सत्यालले गर्नुभएको थियो भने उपाध्यक्ष रमेश पोखरेलले सञ्चालन गर्नुभएको उक्त विशेष समारोहमा संघका निवर्तमान अध्यक्ष तथा सल्लाहकार राम विनय, प्रा.डा.षडानन्द पौड्याल,खेमराज निरौलालगायत अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
आगामी वैशाख महिनामा ९८ औँ ‘अविरल जनसाहित्य यात्रा’मा नेपाली प्रगतिवादी साहित्यमा अत्यन्त क्रियाशील रहेको स्रष्टा प्रा.डा.रामप्रसाद ज्ञवालीलाई प्रस्तुत गर्ने संघका उपाध्यक्ष रमेश पोखरेलले जानकारी दिनुभयो ।