
काठमाडौं । स्पानिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक विल्वाओलाई २-१ ले पराजित गरेको छ ।
बार्सिलोनाको यो लगातार दोस्रो जित हो ।
युवा फरवार्ड स्टार लामिन यामल र भेट्रान परवार्ड रोर्ट लेवान्डोस्कीले बार्सिलोनाको लागि गोल गरे ।
लगातार दुई जितपछि ६ अंक जोडेर बार्सिलोना अंकतालिकाको दोस्रो स्थानमा उक्लेको छ ।



