
कविता
परिवर्तन
सुभाषचन्द्र पौडेल भीमफेदीया
पात्रो फेरियो
अब पात्रहरू पनि फेरियून्
भ्रष्टाचारका फाइलहरू राम्ररी हेरियून्
अपराधीहरू उम्केलान्
चारैतिरबाट घेरियून्
कानुनी दायरामा बलियोसँग बेरियून्
इतिहासको पानाबाट
तिनका नाम नै केरियून्।
२ .
नयाँ पुस्ताको नयाँ सोच
भरपुर जाँगर नयाँ जोश
कृषि,उद्योग र पर्यटनबाट
देशले नयाँ काँचुली फेरोस्।
( इस्वी संवत् २०२६ को हार्दिक शुभकामना ) ०१ जनवरी २०२६






