
उषा के.सी
बित्दैछ रात सधैं भिज्दैछ सिरानी
लेखेर नसकिने भयो अब कहानी
सधैं मध्य रातमा आउँछौ प्याला पिएर
प्यालासङ्गै पिउँदैछौ सधैं मेरो जवानी
निष्ठूरी भै छोडेर जान सक्दिन कहिले
मन मुटुभित्र राखेको छु तिम्रो निशानी
हुरि आँधी थेग्दै कयौं वसन्त बिताए
अझै कति थेग्नुपर्छ असिना पानी
अकेली थिए साथ दिंदै हात समायौ
जाउँ कता थाहा छैन देशकै राजधानी ।








