
काठमाडौं असार १२ गते । कौशल स्कुल÷कलेजको आयोजनामा प्रथम कौशल अन्तरविद्यालय काठमाडौं जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता शनिबार हुने भएको छ ।
प्रतियोगितामा विभिन्न २१ विद्यालयबाट करिब ४ सय खेलाडीको सहभागिता रहने कौशलका प्रिन्सिपल शिवप्रसाद अर्यालले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
अफिसियल÷नन् अफिसियलमा ग्योरोगी र पुम्सेमा गरी जम्मा ४८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । अफिसियलमा पुरुष÷महिलामा समान ९–९ स्पर्धामा भिडन्त हुनेछ । नन् अफिसियलमा पुरुष÷महिलामा १५–१५ गरी जम्मा ३० स्पर्धामा खेल हुनेछ ।
प्रिन्सिपल अर्यालले विद्यालयले शिक्षासंगै अतिरिक्त क्रियाकलाप र खेलकुदलाई पनि उच्च प्राथमिक राख्दै आएको बताउदै प्रतियोगिताले निरन्तरता पाउने प्रतिबद्धता जनाए ।
कौशलका भाइस प्रिन्सिपल डा. भरतप्रसाद भण्डारीले प्रतियोगिताले काठमाडौं जिल्लाभित्रका विभिन्न विद्यालयबीच आपसी सम्बन्ध, सहकार्य र खेलकुदमैत्री वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख रुपैयाँ खर्च हुनेछ । एकदिने प्रतियोगिताका खेलहरु तार्केश्वर नगरपालिका ८, मनमैजुस्थित आयोजककै हातामा खेलाइने छ । पत्रकार सम्मेलनमा प्लस टुका को–ओर्डिनेटर अस्मिनकुमार बस्नेत, इसीए इन्चार्ज राजकुमार ठकुरीलगायतको उपस्थिति रहेको थियो ।


