ललितपूर । ललितपूर महालक्ष्मी साहित्य समाजको आयोजनामा २१२औ भानुभक्त आचार्यको जन्म जयन्ती असार २७ गते शुक्रवार लामाटारको वडा कार्यालयको सभाहलमा मनाइयो।
सभाका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य अगिब बनेपालीले प्रगतिशील विचारधारलाई तिखार्दै समाजमा महिला र पुरुषको संलग्नता भए मात्र साहित्य अगाडि बढ्न सक्छ। यो बिना साहित्य त्यति दिगो हुन सक्दैन भने ।
अर्का अतिथि जयकृष्ण बोगटीले साहित्य समाजको ऐना हो भन्दै साहित्य र समाजको लागि आफुले नगरपालिकामा कुरा उठाएको नगरपालिकाका मेयरले यसमा बजेट छुट्याइसकेकोले वडाले राख्दा कम बजेट हुने भएकोले नगरपालिकको निर्णय आफुले पर्खिबसेको बताए। ्
कार्यक्रममा पवित्रा अधिकारी, गोविन्द बहादुर खड्का, निरा श्रेष्ठ, विष्णु थापा, रुबिना राना, राजाराम राउत, राजेशमान के.सी, अर्पना के.सी, तिलक खत्री, रमेश विष्टले आआफ्नो रचना वाचन गरेका थिए ।
कार्यक्रमका संस्थापक अध्यक्ष श्रीराम पौडेलको अध्यक्षता एवं संस्थाका सचिव बासु गौतमको सञ्चालनमा कार्यक्रम भएको थियो ।