काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आज मैत्रीपूर्ण खेलमा ताजिकिस्तानसँग खेल्दैछ ।
नेपाल र घरेलु टोली बिरुद्धको खेल डुसानबेस्थित सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ ६.४५ बजे सुरु हुनेछ ।
फिफा वरीयतामा नेपालभन्दा ७१ स्थान माथि रहेको छ ताजकिस्तान ।नेपालले सन् २०१७ पछि पहिलो पटक ताजिकिस्तानसँग खेल्न लागेको हो । त्यो बेला एएफसी एसियन कप छनोटमा दुवै खेलमा नेपाल पराजित भएको थियो । यस्तै २०१६ को बंगबन्धु गोल्डकपमा पनि नेपाल ताजिकस्तानसँग पराजित भएको थियो ।
यो नेपाली पुरुष टीमको पाँच महिना पछिको अन्तराष्ट्रिय पहिलो खेल हुनेछ ।