
काठमाडौ । प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने मन्त्रीहरुको नाम करिब टुँगो लागेको छ ।

कांग्रेसबाट रमेश लेखक गृहमन्त्री, आरजु देउवा राणा परराष्ट्रमन्त्री हुनेछिन् । यसैगरी अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला , दीपक खड्का जलस्रोत तथा ऊर्जा र ऐनबहादुर शाही वन मन्त्री बन्ने भएका छन् ।तेजुलाल चौधरीको पनि नाम टुंगो लागेको छ ।
बाँकी तीन मन्त्रीमा सहमहामन्त्री जीवन परियार, सांसदहरु प्रदीप पौडेल, हृदयराम थानी र रामनाथ अधिकारी मध्ये ककसलाई पठाउने भन्ने टुंगो लगाउन शेखर कोइरालाले उपसभापति धनराज गुरुङ र महामन्त्री थापासँग परामर्श गर्दैरहेको बताइएको छ ।




