
लघुकथा
लत
सुरेशकुमार पाण्डे
‘हजुर अब समाजको जिम्मेवार व्यक्ति हो।कतै गएर कुनै नराम्रो काम नगर्नुहोला।’ -चेतरामले बिसरामलाई सम्झाउँदै भने।
उनी केही महिना पहिले टोलमा अध्यक्ष चयन भएका थिए।
‘ हुन्छ नी सर मैले त्यस्तो कुनैपनि काम गर्दिन जसले समाजलाई नराम्रो असर पार्ने छ। ‘ – बिसरामले पनि आस्वासन दियो।
‘राम नगरबाट बोलाएका छन् हजुर त्यहाँ गएर अनुगमन गर्नुपर्यो र त्यहाँको तथ्याङ्ग ल्याउन पर्यो।त्यहाँ आपसमा लडाई झगडा भएको जानकारी आएको छ।’ -चेतरामले बताए।
‘ हस् सर ! म अहिले भर्खरै हिंडे।’- बिसराम ,नैन सिहँ र त्यो व़ाडको सदस्य भएर नजिकैको गाउँ रामनगर जान हिँडे।
अलिक पर गएर बिसरामले यताउता नियाल्यो र भन्यो -‘ सर जी ! हजुरहरू हिंड्दै गर्नुहोस् म एकछिन पाइखाना गएर आउँछु, आज पेट कुन्नि किन खराब भयो।’ -बिसरामले भन्यो र ऊ पछि रह्यो।
उनीहरू अलि अगाडी पुगेपछि उसले नजिकैको पसलबाट एउटा रक्सीको पौवा किन्यो र ट्रकको पछि अंध्यारो तर्फ लाग्यो । त्यो पौवाको ढक्कन खोल्न थाल्यो तर उसले त्यो ढक्कन खोल्न सकिन।
ऊ हतारमा थियो एउटा सानो ढुङ्गा फेला पार्यो उसले माथि तिरको हिस्सा तोड्न खोज्यो । सानो ढुँगाले ट्याक ट्याक हान्यो । तर बोतलको त्यो हिस्सा टुट्नुको साटो बोतल नै प्याट फुट्यो।
दाङ घोराही






