
लघुकथा
रुपा रिसाल
चौतारी
प्रजातान्त्रिक प्रणालीमा दलसँगै जोडिएको स्वाभिमान हाम्रो हो मुखिया बा चौतारीमा कुर्लिरहेका थिए । तर के गर्नु हाम्रो गाउँ विकास हुन बाटो घाटो कै समस्या छ । यही कठिन परिस्थितिका कारणले हामी अन्य गाउँ भन्दा धेरै पछि परेका छौं ।
गाँउमा बाटोको बिचमा रहेको यो बढेमानको पिपलको रूख र मन्दिरले अवरोध गरेको छ । मन्दिर नजिक रहेको चौतारीको रुख संरक्षण गर्न वातावरणविद् र जनसमुदायको विरोध आईरहेको छ ।
चौडा बाटो विस्तारका नाममा बटुवा हिँड्ने बाटोमा भव्य मोटर चलाउन खोज्नेहरू नयाँ बजेट लिएर गाँउपालिकामा तैनाथ भए । पालिकाले कर उठाउने प्रलोभनमा बाटो बिस्तार र कालोपत्रे गर्न समर्थन लिन घरदैलोमा कार्यक्रम राखी दियो ।
जनप्रतिनिधिको संकल्प नै बाटो विस्तारको एजेण्डा बन्यो । बाटो बनाउन मजदुहरूको पनि त्यत्तिकै दौडधुप हुन थाल्यो । बाहिर जिल्लाबाट आएर नयाँ घर बनाउन थाल्ने जमातको मुख चुपचाप थियो ।
विहानै दलका नेताको घरमा चिडापानमा थुप्रै युवाहरु भेला भए । गाँउकै हरिबहादुर अर्थ मन्त्रालयमा गाडी चलाउथ्यो ।
उसले भन्यो,’यो गाँउमा गाडी ल्याउने बाटो बन्यो भने एक रोपनी जग्गा बेचेर म पनि छोरालाई अमेरिका पठाउँछु ।’






