
गजल
सुरेशकुमार पाण्डे
मौसम पनि किन यस्तो खुँखार हुनथाल्यो,
मानिसको प्राण नै लिने हतियार हुनथाल्यो।
कहिले बम वर्षिन्छ कहिले गोली र भुकम्प,
देखेर देशलाई असंञ्जमा संसार हुनथाल्यो।
कसैको कुभलो सोचेनौँ हाम्रो सन्तान कत्ती,
तर किन देश नै डुबाउने आधार हुनथाल्यो।
नेपाली विरहरूले सबैको भलो गर्दै हिंड्यौँ,
किन कुन्नी आफ्नै परछाईँ गद्दार हुनथाल्यो।
योजना त अब्बल देश बनाउनै सबै मिजुली,
सबै दलहरू मास्ने यहाँ सरकार हुनथाल्यो।
जलाउँदै देशको सम्पत्ती मास्दैछन् सनत्तती,
कस्को इसारा अनैतिक व्यवहार हुनथाल्यो।
दाङ घोराही -१८







