
पुराना पुस्तक
पल्पसा क्याफे
पत्रकार नारायण वाग्लेको उपन्यास द्धन्दका नागरिकको कथा देखिन्छ । द्धन्दकालीन परिवेशको एउटा दस्तावेज लाग्छ ।
चार विदेशी भाषामा प्रकाशित पल्पसा क्याफेमा एउटी बालिकाको सानो कथाको वरिपरि घुमेको कथा देखिन्छ । माओवादी सशस्त्रद्धन्द ताकाका विभिन्न परिवेशहरुको मिहिन चित्रणले उपन्यास भरिएको छ ।
राज्यले वेपत्ता पारेका, ‘जनयुद्व’ले शिकार गरेका र समय प्रवाहमा चञ्चल भइरहेका पात्रहरूको संयोजन र घटनाहरूबाट यो उपन्यास बुनिएको छ । तात्कालीक भए पनि सर्वकालीक विषयमा परम्परागत ढा“चा भए पनि समकालीन शैली भएको यो उपन्यासले नेपाली साहित्यका पाठकहरूमाझ एउटा गतिलो पाठ प्रस्तुत गर्नेछ ।
सरल भाषा,रोचक कथ्य शैलीले उपन्यासलाई जिवन्तता दिएको छ ।पाठकले उतिवेलाका आफ्ना वरिपरिका दृश्यहरु देख्छ ।
पब्लिकेशन नेपा -लयबाट सन् २००५ मा पहिलो पटक पल्पसा क्याफे प्रकाशित भएको हो ।
मखमली दरबार
अनुभूतिको गेयात्मक लय हो गीत । गीतको लयमा मज्जाले बग्न सफल छन् गीतकार बसन्तराज अज्ञात । उनको गीति सङ्ग्रहमा जीवनका विभिन्न आयामहरु उधिनिएको छ । मानवीय संवेग प्रवल बनेर गीतहरु सृजना भएका छन् ।
यस संग्रहमा देशभक्ति, जीवनदर्शन, समसामयिक सन्दर्भ तथा मायाप्रेमका गीत रहेका र यी गीतले पाठकका मन छुनसक्छन् । जीवन र जगतका अभावहरू गीतले बोल्छन् । विभिन्न ७२ वटा गीतहरु यसमा समावेश छन् । यो उनको दोस्रो गीति सङ्ग्रह हो ।
मखमली दरबारलाई नेपाली वाङ्मय परिषदले पहिलो पटक वि.सं.२०६९मा प्रकाशित भएको हो ।
।







