
कविता
नारदप्रसाद आचार्य ‘सुदामा’
पैँचो
प्रिय ‘माया’
तिम्रै शब्द पैँचो मागेर
तिम्रै कर्णप्रिय शैलीमा
वाचन गर्नु छ, तिम्रो वृत्तचित्र
शिवजीकै अभिनयमा
गराउनु छ श्रवण शुकदेवहरूलाई
दर्शन गराउनु छ तिम्रो विराट स्वरूप
र….अन्त्यमा
कान्ति ल्याउनु छ तिम्रो अधरमा॥
हेरिस्वर्ग, पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिका







