किन ?
छिमेकीको कौसीको फूल
मुस्कुराइरहन्छिन् मलाई देखेर
किन ?
झुसेलीहरु रुन्छन् आफ्नै कथा लेखेर ।
बिर्सिएर आफ्ना दुखाइहरु
किन लजाउँछन् हँ ?
आफैं आफैंमा फुलेपछि गुलाफहरु
बाजहरु किन डाहा गर्छन् ?
भमरा रमाउँदा उद्यानहरुमा ।
के तिमीले कहिल्यै पढेका छौ ?
बाजले एउटा भमरा मार्दा
लाखौं फूलहरुले आत्मघात गरेका
कथा ?