पाल्पा।पाल्पाको कालीगण्डकी नदीमा पौडी खेल्न गएका दुई जना बगेर बेपत्ता भएका छन्।
नयाँ वर्षका दिन पौडी खेल्न गएका बगनासकाली गाउँपालिका-९ का ३९ वर्षीय शरण भुसाल र २९ वर्षीय तोयानाथ बस्याल कालीगण्डकीमा बगेर बेपत्ता भएका हुन्।
मंगलबार बेलुका पौने ५ बजेतिर बगनासकाली – ७ स्थित कालीगण्डकी नदीमा पौडे खेल्ने क्रममा उनीहरु दुबै जना बगेर बेपत्ता भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी होमप्रकाश चौधरीले जानकारी दिए।
पौडी खेल्न नदीमा पसेका चार जना मध्य दुई जना बगेर बेपत्ता भएको बाँकी दुई जना पौडिएर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ । दुई जना साथीहरु झण्डै असी मिटर टाढासम्म बग्दै गएको थप दुई जना साथीले देखे पनि जोगाउन सकेनछन्,’ डिएसपी चौधरीले भने ।
डिएसपी चौधरीले बेपत्ता दुई जनाको खोजी थालिएको र बुधबार बिहानदेखि फेरि खोजी सुरु गरिएको बताए।