
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा हिजो आइतबार साँझ बसेको गणतन्त्र पक्षधर राजनीतिक दलहरूको बैठकले गत शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको मुख्य योजनाकार पूर्वराजा रहेको निष्कर्ष निकालेको छ।

प्रमुख नेताबीचको बैठकले संविधानविरोधी गतिविधि गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन उल्ट्याउने षड्यन्त्रमूलक गतिविधिको मुख्य योजनाकार पूर्वराजा राजा नै भएको निष्कर्ष निकालेको हो।
संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था उल्ट्याउने, नेपालको संविधानलाई नै समाप्त गर्ने कार्य भइरहेको र यस्ता षड्यन्त्रमूलक गतिविधिको मुख्य जिम्मेवार पूर्वराजा भएमा सबैदलको एकमत रहेको ले बैठकपछि पत्रकारहरुलाई बताए ।




