
कविता
रीता खनाल
रहर
रहर के लाई भनौं ?
नाँच्दै खाँदै हिड्ने दरलाई भनौं चौका चुल्हालाई भनौं
वा
मनको व्यथा बिसाउनेचौतारीलाई भनौं
रहर के लाई भनौं ?
आमाको हातका गाँसलाई भनौं
आँसुसहितको व्यञ्जनलाई भनौं
वा
दमनकारी ब्यबहारलाई भनौं
रहर के लाई भनौं ?
स्वामीको सानो उपहारलाई भनौं
मन जलाएर दिने रानीहारलाई भनौं
वा
साथ बिनाको सम्बन्धलाई भनौं
नाँच्दै खाँदै हिड्ने दरलाई भनौं चौका चुल्हालाई भनौं
वा
मनको व्यथा बिसाउनेचौतारीलाई भनौं
रहर के लाई भनौं ?
आमाको हातका गाँसलाई भनौं
आँसुसहितको व्यञ्जनलाई भनौं
वा
दमनकारी ब्यबहारलाई भनौं
रहर के लाई भनौं ?
स्वामीको सानो उपहारलाई भनौं
मन जलाएर दिने रानीहारलाई भनौं
वा
साथ बिनाको सम्बन्धलाई भनौं
रहर के लाई भनौं ?
आमाको चोखो काखलाई भनौं
स्वतन्त्रताको हावालाई भनौं
वा
काँडे तारले घेरेको महलका बन्द
कोठालाई भनौं
रहर के लाई भनौं ?
।
आमाको चोखो काखलाई भनौं
स्वतन्त्रताको हावालाई भनौं
वा
काँडे तारले घेरेको महलका बन्द
कोठालाई भनौं
रहर के लाई भनौं ?
।






