
निम्बतरु
कविता
मनको कीरा
धमिरा आवश्यक छैन
यसै पनि खोखला छ दिमाग
अब बाटा छेउ दोकान
राख्छु
पंचर मर्मतको
दिमागको टायर पंचर छ जसो
यो मेरो लज्जा अवधि हो
यो बेला कालले पनि टिप्न पाउदैन
उस्ले भनेजस्तो
सान्त्वना अवधि पनि होइन
शित्तल हुन सक्ने अवस्था पनि छैन
प्रभु!
एकपल्ट स्वतन्त्र भएर हेर्नू पनि पर्छ
देश जनता र नेता एकपल्ट शित्तलबास त बस्नै पर्छ
पश्चाताप अवधि त दिनुपर्छ
देश,
चिसो पानीमा
तातो फलाम झ्वाम्म
मनको कीराहरु मार्न त सकिन्न
तर,
एकछिन कुनामा चापिएर बस्न सकिन्छ







