काठमाडौं। भोजराज रेग्मी मुखालेका ‘औडाहा डटकम ‘र ‘जङ्हादुरको फ्रेनडरिक्वेस्ट’ दुई हास्यव्यङ्ग कृतिहरुको अन्तरक्रिया सम्पन्न भएको छ ।
राजधानीमा आयोजित फित्कौली डटकमको उक्त कार्यक्रममा प्रमुख वक्ता वरिष्ठ हास्यव्यङ्गकार नरेन्द्रराज पौडेलले मुखालेलाई बधाई दिंदै विधागत स्पष्टताको निम्ति सचेत रहन आग्रह गरे ।
फित्कौली डटकमका प्रधान सम्पादक नरनाथ लुँइटेलले नेपाली हास्यव्यङ्गको क्षेत्रमा फित्कौलीको योगदान बारे चर्चा गर्दै हरेक वर्ष ५ जना स्रष्टालाई सम्मानित र पुरस्कृत गर्दै आएको बताए ।
प्रतिक ढकाल,पवन आलोक,श्रीओम श्रेष्ठ रोदन,भवानी खतिवडा,भारती न्यौपाने,हेम भण्डारीले शुभकामना मन्तव्य राखे ।
कृतिकार मुखालेले सबैलाई स्वागत गर्दै रचना गर्भ बारे जानकारी दिए ।
कृतिहरुमाथि डा.रमेश शुभेच्छु र डा. भरतकुमार भट्टराईले समीक्षात्मक टिप्पणी राखे ।
कार्यक्रममा अनिता कोइरालाले सहजीकरण गरेकी थिइन् ।
‘औडाहा डटकम ‘व्यङ्ग कवितासङ्ग्रह हो भने ‘जङ्बहादुरको फ्रेनडरिक्वेस्ट’ व्यङ्ग आख्यानसङ्ग्रह हो ।