
गजल
लोचन ‘फूलका थुँगा’
तिम्रो,मसँग नबोल्ने बहाना तिमीसँग राख
आफ्नो बनाउँदै छोड्ने जमान तिमीसँग राख।
मेरालागि त उज्यालो जून हौँ जुनकीरी तिमी
भो प्रेमपत्र,च्यात्तिएको पाना तिमीसँग राख।
कहिलेकाहीँ नदुखाउने माया आखिर के माया
सधैँ दुखाउने प्यारको अदाना तिमीसँग राख।
आँखा चिम्लि भरोसा गर्या अन्धो साबित नगर
किन दियौं त यस्तो जरीवाना तिमीसँग राख।
यादमा आउने ती सबै आफन्त नहुन सक्छन्
त्यो पत्थर दिलको कारखाना तिमीसँग राख।
जति रोएपनि तिम्रै माया कति साह्रै महंगो
आउदिन,बरू तिम्रो ठेगाना तिमीसँग राख।
भेटिनेको तुलनामा हराउनेको भेल किन?
हुन फुलका थुँगा तिम्रै अचाना तिमीसँग राख।








