काठमाडौं, माघ १६गते । भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टुर अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जितेका छन्।
आज बर्दिबासस्थित पार–७२को मिथिला नगरी आर्मी गल्फ क्लबमा उनले २–अन्डर ७० को स्कोर गर्दा कुल ९–अन्डर २ सय ७ स्कोर खडा गरे। भुवनले नेपाल नम्बर एक प्रो निरज तामाङसँगै टंक बहादुर कार्की र भुवन कुमार रोक्कालाई १० स्ट्रोकले हराउँदै करियरको १२ औं उपाधि जिते। ट्रफीसँगै उनले १ लाख ७० हजार रुपैयाँ हात पारे।